तनहुँ : नेपाली काङ्ग्रेस तनहुँका पूर्व सचिव नारायण सिग्देलको निधनप्रति नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गर्नुभएको छ । साेमबार शोकवक्तव्य प्रकाशित गर्दै वरिष्ठ नेता पौडेलले सिग्देलको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।
जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका बोर्ड सदस्य समेत रहनुभएका सिग्देलको निधनले काङ्ग्रेस र सिङ्गो तनहुँ जिल्लालाई नै अपुरणीय क्षति पुगेको पौडेलले उल्लेख गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले दुःखद घडिमा दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
केही समय अगाडीदेखि निमोनियाबाट ग्रसित सिग्देलको आइतबार काठमाडौमा उपचारका क्रममा निधन भएको थियो ।