घाइते अवस्थामा उद्धार गरिएको चरीबाघको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घाइते अवस्थामा उद्धार गरिएको चरीबाघको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०७७, मंगलवार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरीबाघको मृत्यु भएको छ । पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको चरीबाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो ।

    डिभिजन वन कार्यालय तनहुँमा भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रका चिकित्सकको सहयोगमा उपचार भइरहेको चरीबाघको मृत्यु भएको सवडिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिनुभयो । मृत्यु भएको चरीबाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ । चरीबाघको खुट्टा र ढाडमा चोट लागेको थियो ।

    शुरुमा उद्धार गर्दा चितुवाको बच्चा भनिएपनि पछि अध्ययनको क्रममा संरक्षित चरीबाघ भएको पत्ता लागेको थियो । भुजेलका अनुसार तनहुँमा पहिलो पटक चरीबाघ भेटिएको हो । “तनहुँमा पनि चरीबाघ रहेछ भन्ने अवगत भयो । यसअगाडी चरीबाघ छ भन्ने थाहा थिएन,” उहाँले भन्नुभयो ।