तनहुँ : केही समय अगाडी दमौलीमा स्थापना भएको सामाजिक संस्था एलायन्स क्लब अफ तनहुँले व्यास नगरपालिका–५ चिन्तुटार स्थित शुक्र आधारभूत विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई विभिन्न सामग्री वितरण गरेको छ ।
क्लबले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई ३ सय २० थान कपी, एक सय थान कलम, तीन सय थान मास्क, दुई थान ब्याडमिन्टन, एक थान फुटबलका साथै २१ थान स्वीटर प्रदान गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा नै ‘सर्भ एन्ड केयर’ भन्ने नाराले स्थापित यस संस्थाले निकट भविष्यमा पनि शिक्षा, स्वास्थ साथै अन्य सामाजिक क्षेत्रमा आफ्नो कामलाई अघि बढाउने क्लबकी अध्यक्ष जमुना जोशीले बताउनुभयो । निकट भविश्यमा थप कार्यक्रमका योजनाहरु समुदायमा लैजाने तयारी भईरहेको एलायन्स क्लव अफ तनहुँका सचिव सुदिप पौडेलले जानकारी दिनुभयो ।