दुलेगौँडा ः शुक्लागण्डकी–३ कालिम¥याङ्गमा माघे संक्रान्ति कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यहाँ हरेक बर्ष मगरहरुको महान् पर्व माघे संक्रान्तिको अवसरमा कालिका युनाईटेड युथ क्बल क्बलले शुद्ध गाउँ तथा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता गर्दै आएको छ । यसपाली आठौँ संस्करणको प्रतियोगिता हुन लागेको हो । माघ ३ देखी ८ गतेसम्म प्रतियोगिता हुनेछ ।
वडा कार्यालयको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले नगद ४० हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक इन्द्र विकले जानकारी दिनुभयो । उहाँका अनुसार उपविजेताले २५ हजार रुपैयाँ पाउनेछ । तेस्रो र चौथो हुनेलाई क्रमश ः १५ हजार र ५ हजार रुपैयाँ प्रदान जनार्ईको छ ।
सोही अवसरमा घैटो फुटाई र म्युजिकल चियर प्रतियोगिता गराइने आयोजकले जनाएको छ । कोरोनाका कारण ठप्प रहेको खेल गतिविधिलाई चलायमान बनाई दक्ष खेलाडी उत्पादन र खेलाडीबीच मैत्रीभाव जगाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष राजकुमार आलेले बताउनभुयो ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । वडा कार्यालयले १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने बाँकी रकम स्थानीयसंग सहयोग उठाउने अध्यक्ष आलेले बताउनुभयो ।
वडाध्यक्ष रामकुमार श्रेष्ठले खेलकुदलाई वडाले महत्व दिएको बताउनुभयो । उहाँले खेलकुदको विकासका लागि बर्षेनी बजेट विनियोजन गर्दै युवाहरुलाई खेलकुदमा आकर्षित गर्ने प्रयास थालिएको बताउँदै खेलकुदबाट पनि वडा चिनाउने योजना रहेको सुनाउनुभयो ।