आशिका फाउण्डेशनले गर्यो तनहुँका विपन्न विद्यार्थीलाई न्यानो कपडा सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    आशिका फाउण्डेशनले गर्यो तनहुँका विपन्न विद्यार्थीलाई न्यानो कपडा सहयोग

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०७७, शुक्रबार

    तनहुँ : आशिका फाउण्डेशनले तनहुँका विपन्न विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । भानु नगरपालिका-२ भकुन्थोकस्थित विश्व प्राथमिक विद्यालयमा अध्ययनरत ८२ विद्यार्थीलाई फाउण्डेशनले न्यानो कपडा र खेलकुद सामग्री सहयोग गरेको हो ।

    फाउण्डेशनका उपाध्यक्ष सन्दिप बस्नेतले विद्यार्थीहरुलाई न्यानो कपडा र खेलकुद सामग्री वितरण गर्नुभएको थियो ।

    फाउण्डेशनले देशका विभिन्न जिल्लामा पुगेर आवश्यकता भएका व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको छ ।