आर्थिक विकासमा घरेलु उद्योगको आवश्यकता : अध्यक्ष राना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    आर्थिक विकासमा घरेलु उद्योगको आवश्यकता : अध्यक्ष राना

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७७, शनिबार

    तनहुँ : म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले लघु, घरेलु तथा साना उद्योगको विकास अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । म्याग्दे गाउँपालिकाको आयोजनामा वडा न ५ मा गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेड्पा) को वडा स्तरीय अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष रानाले लघु घरेलु तथा साना उद्योगको विकास सगै दिगो आर्थिक विकास हुने र उद्यमीको आम्दानीमा परिवर्तन हुने धारणा व्यक्त गर्नुभयो ।

    सिकेको सीपलाई व्वहारमा लागू गर्दा कम लगानिमा घरेलु उद्योग सन्चालन गर्न सकिने र त्यसरि उद्योग गर्न चाहनेका लागि गाउँपालिकाले सहयोग गर्ने रानाले बताउनुभयो ।

    म्याग्दे गाउँपालिकाका उपाध्यक्ष वालकृण्ण घिमिरेले एक व्यक्तिले धेरै तालिम लिनुभन्दा एउटा मात्र तालिम लिएर सिकेको सीपलाई प्रयोग गर्न सकेमा स्वरोजगार बन्न सक्ने बताउनुभयो । गरिबी निवारणका लागि लघु उद्यम विकाश कार्यक्रमवाट गाउँपालिकाना नयाँ उद्यमी सृजनाका कार्यक्रम निकै प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताउनुभयो ।

    लघु, घरेलु, तथा साना उद्योग सन्चालन गर्न सीप सिके पश्चात कम लगानीमा घर घरमै सन्चालन गर्न सकिने भएकाले यस्ता तालिमवाट गाउँपालिकाले १ सय ३० जना उद्यमी सृजना गर्ने उदेश्यका साथ सीप सिकाउन लागेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले प्रशिक्षण कार्यक्रममा जानकारी दिनुभयो ।

    सो अवसरमा उहाले कार्यपत्र प्रस्तुत गर्दै मेड्पा कार्यक्रमको वारे प्रष्ट पार्नुभएको थियो । गरिबी निवारणका लागि लघु उधम विकाश (मेड्पा) कार्यक्रम सचालन प्रकृया वारेमा जानकारी दिन आयोजित प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधि, उद्यमी, कर्मचारी लगायतलाई कार्यक्रमवारे जानकारी दिने उदेश्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उद्योग विकास शाखा प्रमुख प्रदिप न्यौपानेले जानकारी दिनुभयो ।

    वडा स्तरमा सन्चालित घरधुरी सर्वेक्षण, उधमशिलता तालिम, सीप विकास तालिम, बजार सन्जाल, वचत परिचालन लगायतका विषय जानकारी गराई नयाँ उद्यमी ९० र स्तरोन्नति ५० गरि १ सय ३० उद्यमी यस वर्ष सृजना गर्ने लक्ष्य रहेको न्यौपानेले जानकारी दिनुभयो ।

    अभिमुखिकरण कार्यक्रम वडा न ५ का अध्यक्ष शिव वहादुर आलेको सभापतित्वमा सम्पन्न भएको थियो । उद्यमी सृजना गर्न र कार्यक्रम वारेमा उद्यमीकै घरमा वा समुदायमा गएर गापाका उधम विकाश सहजकर्ताले मेड मोडे वारेमा जानकारी गराउदै आएका छन् ।