लाेकसेवाकाे आवेदन शुल्क अब खल्ती वालेटबाटै तिर्न सकिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सुचना प्रविधि

    लाेकसेवाकाे आवेदन शुल्क अब खल्ती वालेटबाटै तिर्न सकिने

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०७७, सोमबार

    काठमाडाैं : अब लाेकसेवा आयाेगले माग गर्ने विभिन्न पदको आवेदन शुल्क खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएकाे छ । लाेकसेवाले आफ्नो वेबसाइटबाटै आवेदन दिने व्यवस्था मिलाएको छ ।

    अनलाइनमार्फत पहिलाे पटक आवेदन दिन लाेकसेवाकाे वेवसाइटमा ब्यक्तिगत खाता बनाउनु पर्ने हुन्छ । पुराना उम्मेदवारहरूले स्क्रिन नेम र पासवर्ड राखेर लगईन गर्न सक्छन् । त्यसमा  अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीकाे विकल्पमा खल्ती डिजिटल वालेट छनाैट गर्नुपर्ने हुन्छ । खल्ती छनाैट गरेपछि आफ्नाे युजरनेम र पासवर्ड राखेर लगईन गरी ताेकिएकाे शुल्क भुक्तानी गर्न सकिने बताइएको छ ।

    खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो । जसले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज तथा सरल बनाउने उद्देश्य राखेको छ । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा धेरै बैंकमा पैसा पठाउन सकिनुका साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद गर्न सकिन्छ ।

    यसैगरी होटेल रुम बुकिङ गर्ने, ई–कमर्सको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता सेवाहरु समेत खल्तीमा उपलब्ध छन् । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाएर रकम बचत गर्न सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढी छ ।