टेलिकमले भन्यो : आज राति ४ घण्टा टेलिकमको सिममा रिचार्ज हुँदैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    टेलिकमले भन्यो : आज राति ४ घण्टा टेलिकमको सिममा रिचार्ज हुँदैन

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८१, बिहीबार

    काठमाडौ । नेपाल टेलिकमको सिम कार्ड आज राति झण्डै चारघण्टा रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब चार घण्टा रिचार्ज सेवा अवरुद्ध हुने नेपाल टेलिकमले जनाएको छ।

    यस अवधिमा व्यालेन्स रिचार्ज र डाटा प्याकेज खरिदसहितका सेवाहरु प्रभावित हुने छन्। टेलिकमले राति ११ बजेअघि नै रिचार्ज र आवश्यक डाटा प्याकेज खरिद गर्न पनि टेलिकमले सम्बन्धित सबैमा अनुरोध गरेको छ। तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने बन्द नहुने टेलिकमको सूचनामा उल्लेख छ।