चितवन : प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउँदै हुनुहुन्छ । दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा हुने पार्टीको चितवन जिल्ला कमिटीले आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न उहॉ यहॉ आउन लाग्नुभएको हो ।
जनसभालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले पनि सम्बोधन गर्ने कार्यक्रम छ । चितवन जिल्ला कमिटीले हजारौंको सङ्ख्यामा मानिसहरूलाई सडकमा उतार्ने जानकारी दिएको छ।
नेकपा राजनीतिक रूपमा विभाजित भएपछि प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नेकपाले देशका विभिन्न ठाउँमा दिनहुँजसो जनप्रदर्शन गर्दै आएका छन्।
पार्टी विभाजनदेखि प्रतिनिधिसभा विघटनसम्मको स्थिति आउनुमा एकले अर्को पक्षलाई आरोप लगाउँदै आएको स्थिति रहेको छ।