सालकाे काठ सहित दुई पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    सालकाे काठ सहित दुई पक्राउ

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७७, आईतवार

    तनहुँ : प्रहरीले भानु नगरपालिका–८ देउरालीटारबाट अवैध सालकाे काठ सहित दुई जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० वर्षीय धु्रवराज पाण्डे र ४१ वर्षीय चन्द्रबहादुर रिमाल रहेका छन् ।

    पाण्डेले अवैध सालको काठ आफ्नो बारीमा परालले ढाकी लुकाइछिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय डुम्रेबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा ४२ क्युफिट सालको बोक्रा सहितको १२ थान काठ फेला पारेको छ । पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि सव डिभिजन भानु पठाइएको छ ।