आँबुखैरेनी–१ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी–१ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७७, सोमबार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । ग्रामीण भेगका जनतालाई वडास्तरमा नै स्वास्थ्य सेवा दिने उद्देश्य सहित स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको हो ।

    उक्त भवनको सोमबार गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष थापाले जनतालाई गाउँमै सेवा दिने उद्देश्य सहित आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरिएको बताउँदै अधिकतम सेवा लिन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

    रु ५० लाख ८४ हजार ४ सय ६५ को लागतमा भवन निर्माण सम्पन्न भएको हो । विसं २०७६ असोज ७ गतेबाट शुरु भएको भवन विसं २०७७ असोज २७ गते सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । खडादेवी निर्माण सेवा मध्यपुर थिमीले भवन निर्माणको जिम्मा पाएको थियो ।

    स्वास्थ्य केन्द्रबाट सरकारले उपलब्ध गराएको ३५ प्रकारका औषधि निःशुल्क रुपमा प्राप्त हुनेछ । आँबुखैरेनी गाउँपालिका–२ निर्मित स्वास्थ्य केन्द्र भवनको पनि केही दिन अगाडी उद्घाटन भएको थियो । वडा नं ४ मा भवन निर्माणका लागि बोलपत्र सम्झौता भएको छ ।