


तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँकाे आँबुखैरेनी गाउँपालिका-२ मार्कीचाेकमा माेटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लु ६९ प ७७२१ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भई पल्टदा माेटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार घाइते हुनेमा माेटरसाइकल चालक आँबुखैरेनी-३ बस्ने २२ वर्षीय सुनिल विक र पछाडि सवार साेही ठाउँ बस्ने २४ वर्षीय साजन थापा रहेका छन् । उनीहरुकाे हाडजाेर्नी अस्पतालमा उपचार भइरहेकाे छ ।