भाँगेमा आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    भाँगेमा आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास

    खबरपुञ्ज संवाददाता

    २० माघ २०७७, बुधबार

    तनहुँ :आँबुखैरेनी गाउँपालिका-४ भॉगेमा आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले बुधबार भवनको शिलान्यास गर्नुभएको हो ।

    सो अवसरमा थापाले सबै वडाहरुमा स्वास्थ्य केन्द्रहरु स्थापना गरि आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले केन्द्रबाट सेवा संचालन पछि स्थानीयले उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा लिन आग्रह गर्नुभएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले औषधी, उपकरण र कर्मचारी व्यवस्थापन गरि सकेसम्म छिटो स्वास्थ्य केन्द्र भवनबाट सेवा प्रदान गरिने बताउनुभयो । आगामी जेष्ठ महिनाभित्र भवन निर्माण सम्पन्न गरिनेछ । ३८ लाख लागतमा भवन निर्माणको ठेक्का लागेको छ ।