टेलिकमको सेवा ७० प्रतिशत जनतामा पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सुचना प्रविधि

    टेलिकमको सेवा ७० प्रतिशत जनतामा पुग्यो

    खबरपुञ्ज संवाददाता

    २२ माघ २०७७, शुक्रबार

    काठमाडौ :  नेपाल टेलिकमले ७० प्रतिशत जनतासम्म सेवा पुर्‍याएको बताएको छ। १८औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले करिब ७० प्रतिशत जनतासम्म कम्पनीका कुनै न कुनै सेवा पुगेको बताउनुभयो ।

    कम्पनीका ग्राहक २ करोड ९ लाख नाघिसकेको छ। यसको अर्थ, हाल मुलुकको करिब ७० प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ,’ प्रबन्ध निर्देशक अधिकारीले उल्लेख गर्नुभयो । 

    हाल कम्पनीले ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोरजी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका ग्राहक दिनदिनै बढिरहेको बताइएको छ। 

    कम्पनीले आधारभूत टेलिफोन, ताररहित जिएसएम मोबाइल, अति दुर्गम विकट स्थानहरुमा स्याटेलाइट प्रविधिमा आधारित भिस्याट टेलिफोन सेवा, इन्टरनेट/डाटा सेवालगायतका सेवा प्रदान गर्दै आएको छ।