तनहुँ : लायन्स क्लव अफ आँबुखैरेनी सिटी र लियो क्लव अफ आँबुखैरेनी सिटीको आयोजनामा एक दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ । ऑबुखैरेनी गाउँपालिका-१ स्थित आधारभूत प्राथमिक स्वास्थ्य केन्द्रमा भएको शिविरबाट एक सय पाँच जना लाभान्वित भएका छन् ।
शिविरबाट रिफप भएका ४० जना बिरामीलाई ओम बिराज डेन्टल केयरले निशुल्क औषधी उपचार गर्नेछ ।
शिविरमा आँबुखैरेनी र बन्दिपुर गाउँपालिकाले औषधी उपलब्ध गराएका थिए भने अन्य सहयोग ओमबिराज डेन्टल केयर र लायन्सका अध्यक्ष शिब खनालले गरेका थिए । शिविरमा ओम बिराज डेण्टल केयरका डाक्टर ओसिन थापाको नेतृत्वको प्राविधिक टिमले जाँच गरेको थियो ।