मदन भण्डारी हत्यामा ओलीबारे हल्ला फिँजाइयो, नेतृत्वमा माधव थिए : लेखराज भट्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    मदन भण्डारी हत्यामा ओलीबारे हल्ला फिँजाइयो, नेतृत्वमा माधव थिए : लेखराज भट्ट

    खबरपुञ्ज संवाददाता

    २६ माघ २०७७, सोमबार

    धनगढी : नेकपा ओली समूहका नेता लेखराज भट्टले मदन भण्डारीको हत्यामा जोडिएका अमर लामाको मृत्युबारे धेरै रहस्य रहेको बताउनुभएकाे छ । ओली निकट प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेश भेलामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले दरबार हत्याकाण्डको प्रतिवेदन जस्तै अमर लामा मारिएको प्रतिवेदन पनि सार्वजनिक नभएको बताउनुभयाे ।

    ‘मदन भण्डारीको हत्यामा कहिँ न कहिँ षड्यन्त्रमा केपी ओलीको छ भनेर बाहिर हल्ला फिजाइएको थियो । पछि बुझ्दै जाँदा त त्यतिखेर नेतृत्वमा त माधव नेपाल हुनुहुने रहेँछ’, उहाँले भन्नुभयाे । भट्टले मदन भण्डारी हत्यासँग जोडिएका अमर लामाको मृत्यु पनि रहस्यमय रहेको बताउनुभयाे ।

    ‘अमर लामाको चाहिँ हत्या कसरी भयो ? त्यसमा खासै कुरा बाहिर आएको छैन । मदन भण्डारीसँगै भएको जिवित मान्छे अमर लामा थिए । पछि उनलाई हाम्रै माओवादी साथीहरुले समाते । भाग्न खोज्दा मर्‍यो भनेको छ । मारियो । तर, यथार्थ के हो अहिले पनि आएको छैन’, उहाँले भन्नुभयाे ।

    पार्टी विभाजनमा ओली नभएर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको दोष रहेको बताउँदै भट्टले मदन भण्डारी हत्या प्रसंग निकाल्नुभएकाे थियाे । भट्टले नेकपा विभाजन हुनुमा नारायणकाजी श्रेष्ठको मूख्य भूमिका रहेको पनि आरोप लगाउनुभयाे ।

    (अनलाइन खबरबाट)