म्याग्दे कोभिड अस्पतालमा एमबिबिएस डाक्टर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे कोभिड अस्पतालमा एमबिबिएस डाक्टर

    खबरपुञ्ज संवाददाता

    २८ माघ २०७७, बुधबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकास्थित जामुने स्वास्थ्यचौकी (कोभिड अस्पताल) मा पहिलो पटक एमबिबिएस डाक्टरको व्यवस्था गरिएको छ । केही समय अगाडी कोभिड अस्पतालको रुपमा स्तरोन्नति गरिएको स्वास्थ्यचौकीमा पहिलो पटक डाक्टरको व्यवस्था गरिएको हो ।

    गाउँपालिकाले चिकित्सक नियुक्त गरी अस्पतालबाट सेवा शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अस्पतालमा प्रयोगशाला समेत सञ्चालनमा आएको छ । उक्त प्रयोगशालाको बुधबार गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले उद्घाटन गर्नुभयो । गाउँपालिकाका वासिन्दालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष रानाले बताउनुभयो ।

    गाउँपालिकाले थर्पु स्वास्थ्य केन्द्रमा पनि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । दुवै प्रयोगशालामा एक÷एक जना प्राविधिक नियुक्त गरिएको छ । प्रयोगशालाबाट दमौली पोखराभन्दा आधा शुल्कमा सेवा प्रवाह गरिनेछ । “स्थानीय स्तरमै सेवा दिन र अन्यत्र जानपर्ने बाध्यताको अन्त्य गर्नका लागि प्रयोगशाला सञ्चालनमा ल्याएका हौ,” प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो ।