दुर्घटनामा दुईको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    दुर्घटनामा दुईको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३० माघ २०७७, शनिबार

    धादिङ: धादिङको बेनीघाटमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। नवलपरासीबाट काठमाडौं आउँदै गरेको माइक्रोबसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ।

    शनिबार (आज) बिहान साढे ५ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा भएको दुर्घटनामा २ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ की ६० वर्षीया कृष्णकुमारी केसी र सोही ठाउँकी ५० वर्षीया हीरामाया गुरुङ रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

    नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४ नं को माइक्रोबसले सडकमा रोकिराखेको ना ६ ख ४६० नं को मालवाहक ट्रकमा ठक्कर दिँदा दुर्घटना भएको हो।

    घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अध्यन अनुसार ओभर स्पिडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको आशंका छ।