आँबुखैरेनीका जनप्रतिनिधि र कर्मचारीले लगाए खोप (फाेटाे फिचर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीका जनप्रतिनिधि र कर्मचारीले लगाए खोप (फाेटाे फिचर)

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०७७, सोमबार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई खोप लगाउने अभियान शुरु भएको छ । आँबुखैरेनी गाउँपालिका–३ स्थित स्वास्थ्यचौकीमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले सोमबार खोप लगाएका हुन् ।

    No description available.
    No description available.No description available.
    No description available.
    No description available.

    गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेल, वडाध्यक्ष लगायत कर्मचारीहरुले खोप लगाउनुभएको छ । आँबुखैरेनी स्वास्थ्यचौकीमा सोमबार र मङ्गलबार पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईकर्मी, जनप्रतिनिधि र कर्मचारी, जनपद प्रहरी, सशस्त्र प्रहरी, बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, पत्रकार लगायतलाई खोप लगाउने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले जानकारी दिनुभयो ।

    No description available.

    साथै बन्दीपुर र देवघाटका जनप्रतिनिधि, कर्मचारी लगायत प्राथमिकतामा परेकालाई पनि आँबुखैरेनीमै खाेप लगाउने कार्यक्रम रहेकाे छ ।