म्याग्देमा स्वास्थ्यकर्मी सङ्घ गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा स्वास्थ्यकर्मी सङ्घ गठन

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०७७, शनिबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा स्वास्थ्यकर्मी सङ्घ गठन भएको छ। २३ औ स्वास्थ्य दिवसको अवसरमा शनिबार आयोजित भेलाले सूर्यकुमार श्रेष्ठको अध्यक्षतामा सङ्घ गठन गरेको हो ।

    सङ्घको उपाध्यक्षमा सक्षम घिमिरे, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा पवित्रा शर्मा भट्टराई, सहसचिवमा भेषबहादुर गुरुङ र सदस्यहरुमा सरस्वती थापा, करिना अछामी, सम्झना राना र नानुमाया आले चयन हुनुभएको छ ।

    सङ्घको सल्लाहकारमा डा. प्रदिप थापा, कविराज श्यामकृष्ण जोशी, स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे, सिअहेव दिनेश पण्डित र पूर्णबहादुर बोटे चयन हुनुभएको छ ।

    निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई गाउँपालिकाका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।