चितवन : नारायणगढ–मुग्लिङ सडकखण्ड आइतबारदेखि नियमित सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आजदेखि नियमित संचालनमा आएको हो ।
पहिरो रोक्नका लागि एक साता सो स्थानमा दुइतर्फी सवारी आवागमन रोकी काम भएको थियो । शुक्रबार दिउँसो ३ बजेसम्म पहिरो रोक्ने काम सम्पन्न गरेर नियमितरुपमा आवागमन सुचारु गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
यस सडक हुँदै दैनिक १० हजार हाराहरी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।