बन्दीपुरमा रोटरीको सडकबत्ती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा रोटरीको सडकबत्ती

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँको बन्दीपुरमा रोटरी क्लव चितवनले सडकबत्ती जडान गरेको छ । क्लवले बन्दीपुरको मुख्य बजारमा १३ वटा सडकबत्ती जडान गरेको हो ।

    रोटरी इन्टरनेशनलका प्रेसिडेन्ट इलेक्ट शेखर मेहताले बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापालाई उक्त सडक बत्तीको जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ ।

    गाउँपालिका अध्यक्ष थापाले परम्परागत सडकबत्तीले बन्दिपुर बजारको सौन्दर्यतामा थप टेवा पुगेको बताउनुभयो ।

    रोटरी क्लब अफ चितवनले रु ९ लाखको लागतमा १३ वटा सडकबत्ती जडान गरेको हो ।