तनहुँ : बन्दीपुर गाउँपालिका-४ स्थित दिल प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झाेला र शैक्षिक सामग्री वितरण गरिएकाे छ । बन्दीपुर घर भई विभिन्न सिलसिलामा काठमाडौमा रहेकाहरुकाे संस्था बन्दीपुर सहयाेगी हातहरुले उक्त विद्यालयका ७५ विद्यार्थीलाई झाेला र शैक्षिक सामग्री वितरण गरेकाे हाे ।
शैक्षिक सामग्री वितरण गर्दै बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले विद्यार्थीको पढाईप्रति रुची बढाउन शैक्षिक सामग्रीले सहयाेग गर्ने बताउनुभयाे । संस्थाकी सचिव मनलता अधिकारीले बालबालिकाको विद्यालय मोहलाई अझै उत्साहित गरि प्रभावकारी बनाउन विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएकाे जानकारी दिनुभयाे ।
विद्यार्थीलाई वर्षभरि पुग्ने शैक्षिक सामग्री वितरण गरिएको सस्थाका सहसचिव विमलप्रसाद भट्टराईले जानकारी दिनुभयाे ।