आँबुखैरेनीमा ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु, एक सय वर्षीया वृद्धालाई पहिलो परिचपयत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु, एक सय वर्षीया वृद्धालाई पहिलो परिचपयत्र

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०७७, आईतवार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु गरेको छ । गाउँपालिकाले वडास्तरबाटै ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण शुरु गरेको हो ।

    आइतबार आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित वडा कार्यालयमा एक सय वर्षीया मनकुमारी लामिछानेलाई गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले परिचयपत्र वितरण गरेर शुभारम्भ गर्नुभयो । विसं १९७६ पुस ५ गते जन्मिनुभएकी लामिछानेले पहिलो पटक ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा खुशी लागेको बताउनुभयो ।

    परिचयपत्र वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले सबै वडा कार्यालयबाट ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिने जानकारी दिँदै परिचयपत्र वितरणपछि ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक ऐन बमोजिमका छुट तथा सुविधा प्राप्त गर्ने बताउनुभयो । पोख्रेलका अनुसार गाउँपालिकाका ६ वटै वडामा करिब एक हजार चार सय भन्दा बढी ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिनेछ ।

    चैत ९ गते आँबुखैरेनी गाउँपालिका–२ र ३ को वडा कार्यालयबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनुभयो । वडा नं ४, ५ र ६ मा भने परिचयपत्र वितरणका लागि पछि मिति तोकिनेछ ।