गौतम बुद्ध क्रिकेट रङ्गशालाका लागि भिमसेन आमा समूहको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    गौतम बुद्ध क्रिकेट रङ्गशालाका लागि भिमसेन आमा समूहको सहयोग

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०७७, आईतवार

    तनहुँ : चितवनको रामपुरमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि म्याग्दे गाउँपालिका–२ जामुनेस्थित भीमसेन टोल आमा समूहले आर्थिक सहयोग गरेको छ ।

    आमा समूहले रङ्गशाला निर्माणका लागि रु पाँच हजार ५० सहयोग गरेको छ । आमा समूहका पदाधिकारीले चितवन पुगेर धुर्मुसु सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई उक्त रकम हस्तान्तरण गरेको छ । रङ्गशाला निर्माण अभियानमा जोडिएकामा आमा समूहलाई धुर्मुसले आभार व्यक्त गरेको छ । रङ्गशाला निर्माणका लागि फाउण्डेशनले सहयोगको अपिल समेत गरेको छ ।