२०७८ सालको बिदाको सूची सार्वजनिक, कटौती भएका बिदासमेत पाइने (सूचीसहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २०७८ सालको बिदाको सूची सार्वजनिक, कटौती भएका बिदासमेत पाइने (सूचीसहित)

    खबरपुञ्ज संवाददाता

    ९ चैत्र २०७७, मंगलवार

    काठमाडौ : सरकारले आउँदो वर्ष २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ ।

    राजपत्रमा प्रकाशित सूचनाअनुसार अब पर्व बिदाको रुपमा सात दिन बिदा हुने भएको छ । कटौती भएका केही पर्वमासमेत बिदा दिने निर्णय भएको सरकारले जनाएको छ ।

    प्रकाशित सूचनाअनुसार वैशाख १ गते नयाँ वर्ष, रक्षाबन्धन, दशैँको घटस्थापना, छठ पर्व, माघे संक्रान्ति अर्थात माघी पर्व, महाशिवरात्रि र फागु पूर्णिमाको दिनमा समेत बिदा दिने निर्णय भएको हो । यस्तै विभिन्न जाति विशेषलाई उनीहरुको जातीय पर्वको दिन बिदा दिने निर्णय भएको छ ।

    किराँत, राईहरुको उभाैली पर्व, चण्डी पूर्णिमालगायतका पर्वमा सार्वजनिक बिदा हुने भएको छ । यस्तै गौरा पर्व, इस्लाम धर्मालम्बीहरुको इद उल फित्र, इद उल अजहा, क्रिसमस डे, तमु ल्हाेसारलगायत विभिन्न ल्हाेसार पर्वमा पनि बिदा हुने भएको छ ।

    यस्तै महिला कर्मचारीका लागि वर्षमा दुई दिन, शिक्षण संस्थाहरूका लागि एक दिन, जात्राका लागि चार दिन, दशैँ बिदा पाँच दिन, तिहार बिदा चार दिन, दिवस बिदा ६ दिन र जन्मजयन्ती बिदा तीन दिन हुने भएको छ ।

    यस्तो छ राजपत्रमा प्रकाशित बिदाको सूचना :