हाेली मनाउने सन्दर्भमा सङ्कट व्यवस्थापन केन्द्रले गर्याे यस्ताे निर्णय (विज्ञप्ती सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    हाेली मनाउने सन्दर्भमा सङ्कट व्यवस्थापन केन्द्रले गर्याे यस्ताे निर्णय (विज्ञप्ती सहित)

    खबरपुञ्ज संवाददाता

    ९ चैत्र २०७७, मंगलवार

    तनहुँ : कोभिड सङ्क्रमणको जोखिम बढेपछि तनहँुमा सामूहिक रुपमा भेला भई होली नमनाउन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भीडभाड गरेर होली नमनाउन आग्रह गरेको हो ।

    फागुपूर्णिमाको अवसरमा सामूहिक रुपमा भेला भई भीडभाड गरी होली मनाउँदा जोखिम बढ्न सक्ने भएकाले सबैलाई उक्त अनुरोध गरिएको हो । कोरोना भाइरसको प्रकोप छिमेकी मुलुक भारतमा थप क्रियाशील भई सङ्क्रमितको दर बढ्दै गएको र मृत्युदरमा समेत वृद्धि भएको सन्दर्भमा खुला सीमानाका कारण मानिसहरुको आवतजावत बढिरहेकाले तनहुँ पनि जोखिम रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।

    बैठकले रात्रीकालिन समयमा सञ्चालन हुने व्यवसायको सन्दर्भमा सङ्क्रमणको अवस्थालाई समेत विचार गरी राति १० बजेपछि बन्द गराउने निर्णय गरेको छ । बैठकले जात्रा, मेला महोत्सव, कन्सर्ट तथा भीडभाड हुने कार्यक्रम गर्न पनि रोक लगाएको छ ।

    सबै स्थानीय तहहरुले भारत लगायत तेस्रो मुलुकबाट आउने व्यक्तिहरुको लगत राखी निगरानी गर्ने गराउने निर्णय पनि बैकले गरेको छ।