खैरेनी माविका विद्यार्थीलाई प्रधानमन्त्रीले सोध्नुभयो, ‘राम्रो पढिराख्या छौँ ?’ (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खैरेनी माविका विद्यार्थीलाई प्रधानमन्त्रीले सोध्नुभयो, ‘राम्रो पढिराख्या छौँ ?’ (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १० चैत्र २०७७, बुधबार

    दुलेगाैडा : बुधबार खैरेनी माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जुम मार्फत कुराकानी गरेका छन् । यहाँका विद्यार्थीले करिब पाँच मिनेट प्रधानमन्त्रीसँग सामूहिक कुराकानी गरेका हुन् ।

    जुममा कुराकानी गर्नका लागि प्रधानमन्त्रीको कार्यालयबाट मङ्गलबार नै विद्यालयमा सम्पर्क गरिएको थियो । बुधबार दिउँसो १२ बजेपछि विद्यार्थी प्रधानमन्त्री ओलीसँग भर्चुअल साक्षात्कारको प्रतिक्षामा थिए । १२ बजेर २८ मिनेट जाँदा जुममार्फत प्रधानमन्त्री ओलीसँग साक्षत्कार भयो ।

    कक्षाको भित्तामा राखिएको स्मार्ट बोर्डमा प्रधानमन्त्री झुल्किएपछि विद्यार्थीले एकै स्वरमा नमस्कार गरे । ‘सन्चै हुनुहुन्छ’ भनेर प्रधानमन्त्रीलाई सामुहिक रुपमा विद्यार्थीले सोधे । प्रधानमन्त्रीले विद्यार्थीलाई सोध्नुभयो ‘पढाई कस्तो छ ?’ विद्यार्थीले जवाफ फर्काए ‘एकदमै ठिक छ सर ।’ प्रधानमन्त्रीले फेरि सोध्नुभयो ‘राम्रो पढिराख्या छौँ ? विद्यार्थीको जवाफ थियो, ‘यस सर ।’

    यसरी नै पाँच मिनेट जति प्रधानमन्त्री र विद्यार्थीबीच कुराकानी भएको विद्यालयका प्रधानध्यापक केशवराज घिमिरेले बताउनुभयो । प्रधानमन्त्रीसँगको कुराकानीमा कक्षा १० मा अध्ययनरत ४२ जना विद्यार्थीसँगै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर थापा र अन्य पाँच जना शिक्षक थिए ।

    खैरेनी माविले कक्षा १२ सम्म पढाउने गर्दछ । यो शैक्षिक शत्रमा एक हजार एक सय ८७ जना विद्यार्थी अध्ययनरत रहेका छन् । कोरोना संक्रमण फैलिरहेको बेला यो विद्यालयले भर्चुअल माध्यमबाट निरन्तर विद्यार्थी पढाईरहेको थियो ।