आँबुखैरेनीमा बालगृह स्थापना गरिने, मन्त्री महतोद्वारा स्थलगत अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा बालगृह स्थापना गरिने, मन्त्री महतोद्वारा स्थलगत अनुगमन

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०७७, बिहीबार

    तनहुँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बालगृह स्थापनाका लागि स्थलगत अनुगमन गर्नुभएको छ । मन्त्रालयले स्थापना गर्न लागेको बालगृहका लागि मन्त्री महतोले ढकालटारमा रहेको जग्गाको बिहीबार अनुगमन गर्नुभएको हो ।

    नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्ने भएको छ । प्राधिकरणको स्वामित्वमा रहेको जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर बालगृह स्थापनाको कामलाई छिटो अगाडी बढाउनुपर्ने मन्त्री महतोले बताउनुभयो । अनुगमनका क्रममा मन्त्री महतोले सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय पोखराका इन्जिनियरलाई इष्टमट गर्न निर्देशन दिनुभयो ।

    ढकालटारमा विद्युत प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ । त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गर्न लागिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । अनुगमनमा सहभागी आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बालगृह निर्माणका लागि गाउँपालिकाले गर्नुपर्ने सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।