चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०७७, बिहीबार

    चितवन : चितवनको चितवन मेडिकल कलेजमा राजधानी काठमाडौं बाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । कलेजले बिहीबार बिहान भरतपुर पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५४ वर्षकी धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको जनाएको छ ।

    कलेजका अनुसार लामाकी ३४ वर्षीया छोरी उषा तामाङले प्रत्यारोपणका लागि आमालाई कलेजो दिनुभएकाे हाे । भरतपुर घर भए पनि लामाको परिवार काठमाडौं बस्दै आएको थियो ।

    कलेजका विषेशज्ञ चिकित्सकहरू डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. किरण अधिकारी, डा.बरुण श्रेष्ठ, डा. सागर पौडेल, डा. नवीन यादव, डा. सुरेश गौतम, डा. विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रृति यादव र सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा, एपोलो अस्पतालका डा. निरज गोयल, डा. अरुणकुमार, डा. सञ्जीव अनिजालगायतको टिमले गत चैत्र ८ गते १२ घण्टा लगाएर सफल प्रत्यारोपण गरेको हो ।

    चिकित्सकका अनुसार लामाको स्वास्थ्य जाँच गराउदा कलेजो काम नलाग्ने गरी बिग्रिएकोले प्रत्यारोपणको विकल्प थिएन ।