सुनको भाउमा उतारचढाव कायमै, आज तोलामा २०० रुपैयाँ महङ्गियो सुन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको भाउमा उतारचढाव कायमै, आज तोलामा २०० रुपैयाँ महङ्गियो सुन

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०७७, बिहीबार

    काठमाडौँ : केही समय यता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिने क्रम जारी छ । हिजो घटेको सुनको भाउ बिहीबार भने तोलामा २०० रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ । अघिल्लो दिन बुधबार सुनको भाउ ८६ हजार ७०० रुपैयाँ रहेको थियो । 

    आज तेजावी सुन भने प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार हुनेछ ।  यता, चाँदीको भाउ भने घटेको महासंघले जनाएको छ । बुधबार तोलामा एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार २३० रुपैयाँ कायम भएको हो ।