बजार इकाईको अधिवेशनका लागि प्रतिनिधि तोकिए (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बजार इकाईको अधिवेशनका लागि प्रतिनिधि तोकिए (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०७७, बिहीबार

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घ अन्तर्गत रहेका बजार इकाईहरुको अधिवेशनका लागि प्रतिनिधि तोकिएका छन् । सङ्घ मातहत रहेका सात इकाई र एक महिला उद्यमी समितिको अधिवेशनका लागि संयोजक र प्रतिनिधि तोकिएको हो ।

    चैत २१ र २२ गते हुने डुम्रे इकाईको अधिवेशनका लागि राजकुमार श्रेष्ठ (राकु) र रत्नकुमार श्रेष्ठ, चैत २३ गते सत्रसयको अधिवेशनका लागि बाबुराम शर्मा र प्रकाशचन्द्र हड्खले, चैत २३ गते हुने विमलनगरको अधिवेशनका लागि सुनिल श्रेष्ठ र कुमार मल्ल, चैत २४ गते हुने आँबुखैरेनीको अधिवेशनका लागि सुरेश पुरी र ओमराज श्रेष्ठ, चैत २४ गते हुने बन्दीपुरको अधिवेशनका लागि नेक महमद मियाँ र दिनेशकुमार श्रेष्ठ, चैत २५ गते हुने थर्पुको अधिवेशनका लागि गणेश तिवारी र जमिलदिन मियाँ र चैत २५ गते हुने महिला उद्यमीको अधिवेशनमा रत्नकुमार श्रेष्ठ र वैशबहादुर गुरुङ प्रतिनिधि तोकिएका छन् ।

    दमौलीको मिति सर्याे

    दमौली बजार इकाईको अधिवेशनको मिति भने सरेको छ । यसअगाडी चैत २० र २१ गते हुने भनिएको इकाईको अधिवेशन वैशाख ४ गते हुने भएको छ । २८ गते साधारणसभा र ४ गते अधिवेशनको मिति तोकिएको सचिव दधिराज घिमिरेले जानकारी दिनुभयो ।