शुक्लागण्डकीको मेयर कप माओवादी केन्द्रको बहिष्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    शुक्लागण्डकीको मेयर कप माओवादी केन्द्रको बहिष्कार

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०७७, बिहीबार


    दुलेगौडा : शुक्लागण्डकी नगरपालिकाले शुक्रबारदेखि गर्न लागेको प्रथम मेयर कप गण्डकी प्रदेशका पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गर्ने भएका छन्। मेयर कपको योजना निर्माण र कार्यन्वयनको निर्णय एकपक्षीय भएको भन्दै माओवादी केन्द्रका जनप्रतिनिधिले बहिष्कार गर्न लागेको बिहीबार नगरपालिका हलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।


    माओवादी केन्द्रलाई उपेक्षा गर्दै सहमति बिना कार्यक्रमको योजना निर्माण गरिएको मेयर कपमा माओवादी केन्द्रका जनप्रतिनिधि उपस्थित नहुने शुक्लागण्डकी-१२ का वडाध्यक्ष मनराज गुरुङले बताउनुभयो । “नगरपालिकालाई पुर्नविचार गरि निर्णय सच्याउन आग्रह गर्दछौ । निर्णय सच्याएमा सहयोग गर्न तयार छौ,” उहाले भन्नुभयो । मेयर कपको उद्घघाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदाप पौडेलले गर्ने तयारी छ ।

    प्रदेशसभा निर्वाचनमा पराजित उम्मेदवारलाई उद्घाटन शत्रको प्रमुख अतिथि बनाईएको र दोश्रो दिन निर्वाचित भएकी प्रदेशसभा सदस्य आशा कोईरालालाई प्रमुख अतिथि बनाउने निर्णयमा माओवादी केन्द्रको असहमति हो । यस्तै, मेयर कप सञ्चालन तथा व्यवस्थापन समितिमा समेत माओवादी केन्द्रका सदस्य नभएकाले पनि बहिष्कार गर्न लागेको गुरुङले जानकारी दिनुभयो ।