नेपाल पक्षका सांसद बालुवाटारको संसदीय दलको बैठकमा सहभागी हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाल पक्षका सांसद बालुवाटारको संसदीय दलको बैठकमा सहभागी हुने

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०७७, शुक्रबार

    काठमाडाै : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा नेता माधवकुमार नेपाल पक्षका सांसदहरू प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन्।

    नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेले संसदीय दलको बैठकमा जाने तयारी भइरहेको बताउनुभयाे । त्यसअघि नेपाल पक्षका सांसदको छुट्टै छलफलको तयारीसमेत भइरहेको पाण्डेले जानकारी दिनुभयाे ।

    ‘बैठकमा सबै जना जाने कुरा भएको छ’, पाण्डेले भन्नुभयाे, ‘बैठकमा सहभागी हुने विषयमा यसअघि पनि कुराकानी भएको हो। तर त्यतिबेला भेला भएकाले जान भ्याइएन। बैठकमा सहभागी हुने कुरालाई हामीले सामान्य ढंगले लिएका छौं। तर बाहिर ठूलो विषय बनाइएको छ।’

    ‘चैत ५ गते कार्यकर्ता भेला भएकाले गइएन। त्यसपछिको ७ गते नेताहरूले विधि पद्धतिको कुरा गरेकै कारण गइएन, त्यतिबेला मागपत्र लैजाने र बैठक बालुवाटार बाहिर गर्नुपर्छ भन्ने कतिपय नेताहरुको चाहना थियो’, पाण्डेले भन्नुभयाे, ‘कोही नेताहरू अझै स्पष्टिकरण लेख्दै हुनुहोला। कतिपयले बुझाउन जानुहोला।’ (सेताेपाटीबाट)