खेलकुदको विकासका लागि प्राथमिकता निर्धारण गर्नुपर्छ : नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खेलकुदको विकासका लागि प्राथमिकता निर्धारण गर्नुपर्छ : नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०७७, शुक्रबार

    दुलेगाैडा : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले खेलकुदले समाज र देशलाई जोड्न सहयोग पुर्याउने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि शुरु प्रथम मेयर कप प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै नेता पौडेलले खेलाडी सबैको साझा हुने बताउनुभयो ।

    “अन्तर्राष्ट्रिय जगतमा खेलकुदको ठूलो महत्व छ, खेलकुदका खेलाडीले धेरै प्रेम जगाउँछन्,” पौडेलले भन्नुभयो, “खेलाडी साझा हुन्, खेलाडी कुनै देशका हुँदैनन्, कुनै समाजका हुँदैनन्, खेलाडी मानव जातिका हुन्छन् ।” खेलकुदको विकासका लागि प्राथमिकता निर्धारण गर्न जरुरी रहेको उहाँको भनाई थियो ।

    समाजमा भावनात्मक सम्बन्ध विकास गर्न खेलकुदको ठूलो महत्व रहेको बताउँदै नेता पौडेलले भन्नुभयो, “एउटा पालिकाले भलिबल, अर्को पालिकाले अर्को कुनै खेल आयोजना गर्नुपर्छ । अब पुरुष मात्रै होइन, महिला भलिबल प्रतियोगिता पनि सँगसँगै गर्न जरुरी छ ।” नेता पौडेलले खेलकुदले लोकतन्त्र सिकाउने धारणा व्यक्त गर्नुभयो । “जित्नेले आफूलाई कहिल्यैपनि सिकन्दर ठान्नुहुँदैन, हार्नेलाई पनि सम्मान गरेर अगाडी बढ्नुपर्छ,” उहाँले भन्नुभयो । युवाबीचमा लोकतन्त्रको मनोविज्ञान विकास गर्न खेलकुदले सहयोग पुग्ने उहाँको भनाई थियो ।