पोखरा : प्रमुख प्रतिपक्ष काँग्रेसले गाउँ पुग्ने अभियान थालेको छ । जनताको समस्या सुन्दै कास्की काँग्रेस पर्यटकीय गाउँ ताङतिङ पुगेको छ ।
नेपाली काँग्रेसकानेता एवंम पूर्व मन्त्री महादेव गुरुङ सहित पोखराका पूर्व मेयर भोला थापा, कांग्रेस नेता एवं पूर्व प्रधानपंच देवीजंग गुरुङ, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि लेख बहादुर गुरुङ, माँदी जनप्रतीनधी एवं नेबिसंघ पुर्ब केन्द्रीय सदस्य सरोज केसी, नेबिसंघका नेता पशुपती भट्टराई , नेबिसंघ कास्की पूर्व अध्यक्ष बिक्रम आदित्य सिंह गिरी,भोज बहादुर गुरुङ ,कांग्रेस युवा नेता सुजन पाण्डे ,टेक गुरुङ ,सबिन गुरुङ ,सुमन गुरुङ, बुद्धी लामिछानेको टिम ताङतिङ पुगेको छ ।
तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष तथा नेबिसंघ पूर्व केन्द्रीय महामन्त्री समेत रहनुभएका नेता महादेव गुरुङले देशले काँग्रेसलाई खोजी रहेको बताउनुभयो । ‘मुलुकले अहिले काँग्रेस खोजी रहेको छ । कम्युनिष्ट सरकारको विकल्पमा अहिले मुलुकले अहिले काँग्रेस खोजेको छ,’ उहॉले भन्नुभयो ‘हामी अहिले सत्तामा जानुभन्दा पनि जनतामाँझ पुग्नु पर्छ ।’ जनताको समस्या सम्बोधन गर्नको लागि काँग्रेस गाउँ फर्किएको उहॉले बताउनुभयो ।