तनहुँ : तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा गएराति भएको आगलागीबाट एक घरमा पूर्ण क्षति भएको छ । आगलागीबाट स्थानीय दुर्गाबहादुर न्यौपानेको घर जलेर नष्ट भएको हो ।
आगलागीबाट भौतिक क्षति भएपनि मानवीय क्षति भने नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत चुहिएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । आगलागीबाट करीब साढे दुई लाख क्षति भएको अनुमान छ ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।