


दमाैली : दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मतदान प्रकृया अवरुद्ध भएको छ । शनिबार बिहान १० बजेदेखि मतदान समय निर्धारण गरिएपनि विवादका कारण मतदान प्रकृया अगाडी बढ्न नसकेको हो ।
विधान संशोधनमा गणपुरक सङ्ख्या नपुगेको भन्दै रामजी लौडारीले निवेदन दिएपछि मतदान अगाडी बढ्न सकेको छैन । निर्वाचन समितिका संयोजक अमृत नेपालीले दिउँसो १ बजेसम्मका लागि मतदान स्थगित गरिएको जानकारी दिनुभयो ।
शुक्रबारदेखि शुरु संस्थाको चौथो अधिवेशनका लागि अध्यक्ष पदमा वृषराज श्रेष्ठ र रामचन्द्र सापकोटाको उम्मेदवारी परेको छ । त्यस्तै खुल्ला सदस्य पदमा दिनेशकुमार श्रेष्ठ, सम्शेर पुरी, नारायणप्रसाद सापकोटा, विशेश्वर सुवेदी, कल्पना अधिकारी, दीर्घबहादुर थापा क्षेत्री, सुदीप काफ्ले, डिल्लीराम सुनार, ओमबहादुर थापा, टेकबहादुर गुरुङ, रामजी लौडारी, हरिचन्द्र कार्की, इन्द्रध्वज गुरुङ, माधवप्रसाद अधिकारी, हरेराम श्रेष्ठ, इश्वरबहादुर विष्ट, क्या. जगतबहादुर बानियाँ, चिरौकाजी बतास, विन्दुलाल श्रेष्ठ, गीता अधिकारी, चिनबहादुर गुरुङको उम्मेदवारी परेको छ ।
महिला सदस्यमा योगिता कायस्थ, गौकुमारी न्यौपाने, विनु श्रेष्ठ, विन्दु गुरुङ, मैया थापा, शान्ता अधिकारी, वेदकुमारी काफ्ले, नानुमाया बस्नेत र सूर्यकला काफ्लेको उम्मेवारी परेको निर्वाचन समितिले जनाएको छ ।