दमाैली : दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा वृषराज श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । अध्यक्षमा उम्मेदवारी दिनुभएका रामचन्द्र सापकोटाले उम्मेदवारी फिर्ता लिएसँगै वृषराज श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
निर्वाचन समितिका संयोजक अमृतबहादुर नेपालीले अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको र अन्य पदहरुमा पनि सर्वसम्मतको प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार खुल्ला सदस्यमा सात जना चाहिनेमा आठ जनाको उम्मेदवारी परेको छ । त्यस्तै चार जना महिला सदस्य चाहिनेमा ६ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले सबैको साथ र सहयोगले आफू सर्वसम्मत निर्वाचित भएको प्रतिक्रिया दिनुभयो । “खानेपानी संस्थामा इमानदारपूर्वक भएर काम गर्नेछु,” श्रेष्ठले भन्नुभयो ।