दमौली खानेपानी संस्थामा सर्वसम्मत नेतृत्व चयन (निर्वाचितकाे सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली खानेपानी संस्थामा सर्वसम्मत नेतृत्व चयन (निर्वाचितकाे सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०७७, शनिबार

    दमाैली : दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको शनिबार सम्पन्न चौथो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । संस्थाको अध्यक्षमा तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष वृषराज श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

    त्यस्तै महिला सदस्यमा योगिता कायस्थ, गौकुमारी न्यौपाने, बिन्दु गुरुङ र सूर्यकला काफ्ले निर्वाचित हुनुभएको छ । खुल्ला सदस्यमा विशेश्वर सुवेदी, दीर्घबहादुर थापा क्षेत्री, ओमबहादुर थापा, इन्द्रध्वज गुरुङ, माधवप्रसाद अधिकारी, क्या. जगतबहादुर बानियाँ क्षेत्री र चिरौकाजी बतास निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक अमृत नेपालीले जानकारी दिनुभयो ।

    अध्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले सबैको साथ र सहयोगले आफू सर्वसम्मत निर्वाचित भएको प्रतिक्रिया दिनुभयो । “खानेपानी संस्थामा इमानदारपूर्वक भएर काम गर्नेछु,” श्रेष्ठले भन्नुभयो ।

    ट्रिटमेन्ट प्लाण्टलाई सुधार गरी स्वच्छ, सफा, किटनाशक, प्रशोधित पानी वितरण गर्न, नेपाल सरकारको प्रति व्यक्ति एक सय लिटर पानी प्रतिदिन आवश्यकता पर्नेमा एक सय २० लिटर पानी प्रतिदिन आपूर्ति गर्न, पानीको वितरण प्रणाली मिलाई उपभोक्ताको घरघरमा सहज रुपमा पानी वितरण गर्ने आफ्नो मुख्य उद्देशय रहेको श्रेष्ठले बताउनुभयो ।

    उक्त संस्थाले व्यास नगरपालिका–२, ३ र ४ खानेपानी वितरण गर्दै आएको छ । संस्थाका ३ हजार पाँच सय भन्दा बढी उपभोक्ता छन् ।

    संस्थामा निर्वाचित हुने सबै नेपाली काङ्ग्रेस निकट हुन् । अर्काे पक्षले भने गणपुरक सङ्ख्या नपुगीकन विधान संशाेधन गरिएकाे भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने तयारी गरेकाे छ । विधान विपरित भएकाे अधिवेशनले मान्यता पाउन नसक्ने उनीहरुकाे भनाई छ ।