शुक्लागण्डकी मेयर कप : क्वाटरफाईनलका खेल सकियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    शुक्लागण्डकी मेयर कप : क्वाटरफाईनलका खेल सकियो

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०७७, शनिबार

    दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकाको आयोजनामा भएको गण्डकी प्रदेशका अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा सेमिफाईनल समिकरण पूरा भएको छ । शनिबार पहिलो चरणको एक खेल र क्वाटरफाईनल अन्तर्गतका चार खेल सकिएसँगै सेमिफाईनल समिकरण पूरा भएकाे हाे ।

    शनिबारको पहिलो खेल पहिलो चरण अन्तर्गत तनहुँको भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकाबीच भएको थियो । जसमा भिमाद नगरपालिका २–० को सोझो सेटमा विजयी भएको छ । पहिलो सेटमा २५–१८ ले विजयी भएको भिमाद दोस्रो सेटमा २५–२२ स्कोर प्राप्त गर्दै क्वाटरफाईनल प्रवेश गर्न सफल भएको छ ।

    क्वाटरफाईनलको पहिलो खेलमा पुतलीबजार नगरपालिका स्याङजालाई २–१ को सेटमा पराजित गर्दै कास्कीको मादी गाउँपालिकाले सेमिफाईनलको यात्रा तय गरेको हो । मादीले पुतलीबजारलाई २३–२५, २५–१९ र २५–२१ को स्कोरका साथ विजयी हासिल गरेको छ ।

    दोस्रोे क्वाटरफाईनल खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ ले बौदीकाली गाउँपालिका नवलपुरलाई २५–१६, २५–२३ को स्कोरको साथ सोझो सेटमा पराजित गर्न सफल भयो ।
    तेस्रो क्वाटरफाईनलमा हरीनास गाउँपालिका स्याङजालाई २–१ को सेटमा पराजित गर्दै घिरिङ गाउँपालिका तनहुँ सेमिफाईनल प्रवेश गरेको छ । घिरिङले २३–२५, २५–१४, २५–२३ को स्कोर प्राप्त गर्दै विजयी भएको हो ।

    अन्तिम क्वाटरफाईनल खेलमा बाग्लुुङको गलकोट नगरपालिका विजयी भएको छ । गलकोटले भिमादलाई २–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–१५ र दोस्रो सेटमा २५–१४ को नजिता गलकोटले आत्मासाथ ग¥यो । गलकोटका खेलाडी सामु भिमादका खेलाडी कमजोर सावित भए ।

    प्रतियोगिताको पहिलो सेमिफाईनलमा आयोजक शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिका भिड्दै छन् । दोस्रो खेलमा गलकोट नगरपालिका र मादी गाउँपालिका भिड्नेछन् ।
    आईतबार फाईनल खेल हुदैछ । प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता व्यवस्थापन तथा सञ्चालक समिति संयोजक एवम शुक्लागण्डकी–५ का वडाध्यक्ष दिर्घबहादुर थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार दोस्रोले एक लाख, तेस्रोले ५० हजार रुपैयाँ र सान्त्वनाले २५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।