म्याग्देमा गुडिया बनाउने तालिम सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा गुडिया बनाउने तालिम सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०७७, शनिबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा सञ्चालित गुडिया तथा सजावटका सामग्री निर्माण तालिम शनिबार सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत् दश दिने गुडिया तालिम सम्पन्न भएको हो ।

    तालिमको समापन गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले सीप सिकेर व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । गाउँपालिकाभित्रका महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम उपयोगी हुने रानाले विश्वास व्यक्त गर्नुभयो।

    म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले तालिमले महिलाले देखाएको उत्साह व्यवहारमा पनि उतार्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, कार्यपालिका सदस्य बद्रीका घिमिरे, उद्योग शाखा प्रमुख प्रदिप न्यौपाने लगायतले तालिमले महिलालाई उद्यमी बन्न सहयोग पुग्ने बताउनुभयो ।

    तालिममा नन्दकुमारी राई र कविता नेपालीले प्रशिक्षण दिनुभएको थियो । तालिममा ३४ जना सहभागी थिए। म्याग्दे-४ निवासी सुकला सुनारले अब घरमै बसेर पनि दुई चार पैसा कमाइ घरको दैनिकी चलाउन सकिने बताउनुभयो । म्याग्दे- ५ कि कमला आलेले सीप सिकेर व्यवसाय शुरु गर्ने बताउनुभयो ।