जबरजस्ती रङ दले कानून बमोजिम कारवाही
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जबरजस्ती रङ दले कानून बमोजिम कारवाही

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०७७, शनिबार

    दमाैली : होलीको अवसरमा जबरजस्ती रङ दले कानून बमोजिम कारवाही हुने भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले शनिबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै अनावश्यक रुपमा भीडभाड गर्ने, जथाभावी इच्छा विपरित रङ दल्ने तथा लोला हान्ने क्रियाकलाप गरिए कानून बमोजिम कारवाही गर्ने जनाएको हो ।

    कोभिडको सङ्क्रमण पुनः वृद्धि हुँदै गइरहेको सन्दर्भमा परिवारका सदस्यबीच घरभित्रै होली मनाउन प्रहरीले आग्रह गरेको छ । होलीमा भीडभाड गर्ने, जबरजस्ती रङ दल्ने कार्य गरेको पाइए १०० नम्बरमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।