शुक्लागण्डकी मेयर कप : शुक्लागण्डकी ‘ए’ फाइनल प्रवेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    शुक्लागण्डकी मेयर कप : शुक्लागण्डकी ‘ए’ फाइनल प्रवेश

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०७७, शनिबार

    दुलेगाैडा : शुक्लागण्डकी नगरपालिकामा जारी गण्डकी प्रदेश अन्तर्गतका पालिका स्तरीय मेयर कप पुरुष भलिबलमा आयोजक शुक्लागण्डकी ‘ए’ फाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा घिरिङ गाउँपालिकालाई हराउँदै शुक्लागण्डकी ‘ए’ ले फाइनल यात्रा तय गरेको हो ।

    गाउँफर्कोदय मावीको खेलमैदान ढोरफिर्दीमा घरेलु दर्शकको भरपुर साथ पाएको शुक्लागण्डकी ‘ए’ पहिलो र दोस्रो सेट आफ्नो पोल्टामा पार्न सफल भयो । पहिलो सेटमा शुक्लागण्डकीले २५–१४ को फराकिलो अन्तरमा जित निकाल्यो । दोस्रो सेटमा घिरिङका खेलाडीले खेलमा केही सुधार गरेपनि २५–२३ को पराजय व्यहोर्नुपर्याे ।

    तेस्रो र चौथो सेटमा घिरिङको जित भयो । घिरिङले २५–२२, २५–१६ को जित हासिल ग¥यो । घरेलु मैदानमा तेस्रो र चौथो सेटमा निकै कमजोर प्रदर्शन गर्दै फराकिले अन्तरले घिरिङ विजयी भएपछि दर्शकदिर्घामा निराशा छाएको थियो ।

    जित्नै पर्ने दबाबमा रहेका शुक्लागण्डकीका खेलाडीले पाँचौ सेटमा भने अग्रता कायम गर्दै दर्शकलाई उत्साहित बनाए । र अन्त्यमा १५–९ को नतिजा निकाल्दै फाईनल यात्रा सुरक्षित गरेका हुन् ।

    फाइनलमा शुक्लागण्डकी ‘ए’ बाग्लुङको गल्कोट नगरपालिका र कास्कीको मादी गाउँपालिकाबिच हुने भिडन्तको विजेतासंग आमनेसामने हुनेछ । आईतबार विहान दोस्रो सेमिफाइनल हुने आयोजकले जनाएको छ ।

    शनिबार पहिलो सेमिफाइन सहित ६ खेल भए । पहिलो चरणको एक खेल र क्वाटरफाईनल अन्तर्गतका चार खेल भए । शनिबारको पहिलो खेल पहिलो चरण अन्तर्गत तनहुँको भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकाबिच भएको थियो । जसमा भिमाद नगरपालिका २–० को सोझो सेटमा विजयी भएको छ । पहिलो सेटमा २५–१८ ले विजयी भएको भिमाद दोस्रो सेटमा २५–२२ स्कोर प्राप्त गर्दै क्वाटरफाईनल प्रवेश गर्न सफल भएको छ ।

    क्वाटरफाईनलको पहिलो खेलमा पुतलीबजार नगरपालिका स्याङजालाई २–१ को सेटमा पराजित गर्दै कास्कीको मादी गाउँपालिकाले सेमिफाईनलको यात्रा तय गरेको हो । मादीले पुतलीबजारलाई २३–२५, २५–१९ र २५–२१ को स्कोरका साथ विजयी हासिल गरेको छ ।

    दोस्रोे क्वाटरफाईनल खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ ले बौदीकाली गाउँपालिका नवलपुरलाई २५–१६, २५–२३ को स्कोरको साथ सोझो सेटमा पराजित गर्न सफल भयो ।
    तेस्रो क्वाटरफाईनलमा हरीनास गाउँपालिका स्याङजालाई २–१ को सेटमा पराजित गर्दै घिरिङ गाउँपालिका तनहुँ सेमिफाईनल प्रवेश गरेको छ । घिरिङले २३–२५, २५–१४, २५–२३ को स्कोर प्राप्त गर्दै विजयी भएको हो ।

    अन्तिम क्वाटरफाईनल खेलमा बाग्लुुङको गलकोट नगरपालिका विजयी भएको छ । गलकोटले भिमादलाई २–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–१५ र दोस्रो सेटमा २५–१४ को नजिता गलकोटले आत्मासाथ ग¥यो । गलकोटका खेलाडी सामु भिमादका खेलाडी कमजोर सावित भए ।