बन्दीपुरमा रोटरीको लिडरसीप अवार्ड शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा रोटरीको लिडरसीप अवार्ड शुरु

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०७७, शनिबार

    तनहुँ : रोटरी इन्टरनेशनल क्लब ३२९२ डिष्टिक अन्तर्गत रिजन–४को रोटरी युथ लिडरसीप अवार्ड (रायला) कार्यक्रम शनिबारदेखि बन्दीपुरमा शुरु भएको छ । रोटरी इन्टरनेशनल ३२९२ डिष्टिक रिजन–४को आयोजनामा तथा रोटरी क्लब अफ दमौलीको व्यवस्थापन एवं रिजन ४ मा रहेका १७ वटा रोटरी क्लबको सहयोगमा रोटरी युथ लिडरसीप अवार्ड २०२०/०२१ कार्यक्रम शुरु भएको हो ।

    तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा रिजन–४ अन्गर्ततका १४ देखि १८ वर्ष उमेर समूहका ४९ जना युवाहरुले सहभागिता जनाएका छन् । रोटरी क्लबले सो उमेर समूहका युवाहरुको व्यक्तित्व बिकाससँगै सामाजिक दायित्वबोध गराउदै उनीहरूमा नेतृत्वदायी क्षमताको विकास गराउन प्रत्येक वर्ष रायला कार्यक्रम गर्दै आएको रिजन–४का रायला कार्यक्रम संयोजक जयराम पौडेलले जानकारी दिनुभयो ।

    “युवाहरुले जीवन र जगतको बोध गरी सकारात्मक सोचका साथ भविष्यमा हरेक क्षेत्रमा सक्षम नेतृत्वदायी भूमिका निर्वाह गर्न सकुन भन्ने उद्देश्यका साथ रोटरी रोटरी युथ लिडरसीप अवार्ड कार्यक्रम सुरुवात गरिएको हो,” उहाँले भन्नुभयो ।

    युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकास, सकारात्मक सोच, व्यक्तिगत एवं सामुदायिक स्वास्थ्य लगायतका विषयमा प्रशिक्षण दिइने चिफ पाइलट कोच हरिसिं गुरुङले जानकारी दिनुभयो ।
    कार्यक्रमको उद्घाटन गर्दै रोटरी इन्टरनेशनल क्लब ३२९२ डिष्टिकका पूर्व गभर्नर रवीन्द्रकुमार पियाले राज्यको भविष्य निर्धारक अहिलेका युवा र बालबालिकाहरु भएकाले उनीहरुमा हरेक क्षेत्रको विस्तारित ज्ञान हुन आवश्यक रहेको बताउनुभयो ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुरको इतिहास जीवन्त रहने गरी योजनाबद्ध ढङ्गले विकास गर्न २० वर्षे गुरुयोजना बनाएर अघि बढेको बताउनुभयो । कार्यक्रममा रोटरीका डिआरसिसि सुवास सिग्देल, जोन १७ का एजि विष्णुहरि तिमल्सेना, जोन १५का एसिसटेन्ट गभर्नर इवीन्द्रराज तिवारी, रोटरी क्लब अफ अन्नपूर्णका अध्यक्ष प्रदीपभक्त आचार्य, रोटरी क्लब दमौलीका अध्यक्ष दामोदर भण्डारी लगायतले रायला युवाहरुको लागि महत्वपूर्ण अवसरको रुपमा स्थापित भएको बताए ।