शितल बस्तीमा कानुनी साक्षरता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शितल बस्तीमा कानुनी साक्षरता

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०७७, आईतवार

    दुलेगौँडा ः शुक्लागण्डकी नगरपालिका–९ शिलत बस्तीमा कानुनी साक्षरता कार्यक्रम भएको छ । शितल बस्ती आमा समुहको आयोजना र रोटरी क्लब अफ पोखरा मिड टाउनको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।

    कार्यक्रममा बोल्दै शुक्लागण्डकी–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले महिला सशक्तीकरणको आवश्यकता औल्याउदै ऐन कानुनका कुरा सिक्नुपर्ने बताउनुभयो ।
    शुक्लागण्डकी–४ का अध्यक्ष शिवकुमार श्रेष्ठले महिलाहरु अब कुनै पनि अवस्थामा पछि पर्न नहुने बताउनुभयो ।
    नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी प्रकाश विकले राज्यले पछाडि पारिएका बर्गको आवाजलाई जनप्रतिनिधीले विशेष सुनवाई गर्नुपर्नेमा जोड दिनुभयो ।
    इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक जगदीश रेग्मिले कानुनको पालनकर्ता सबै भएकाले प्रहरलाई सहयोग गर्न अनुरोध गर्दै प्रहरी सदैव कानुनको पालक रहने बताउनुभयो ।
    अपांगता अधिकारकर्मी दामोदर रेग्मीले पछाडि पारिएको वर्गको सशक्तीकरणको लागि राज्यले जिम्मा लिनु पर्ने भन्दै समाजमा कानुनको सुसुचित गराउने यस्तो कार्यक्रम बेलाबखत हुनु पर्नेमा जोड दिनु भयो ।
    अधिवक्ता बिष्णु खनाल, शिव रेग्मि, रच्चु आले र मिलन आलेले सहजीकरण गर्नुभएको थियो ।