शुक्लागण्डकी मेयर कपको उपाधि गल्कोटले उचाल्यो (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    शुक्लागण्डकी मेयर कपको उपाधि गल्कोटले उचाल्यो (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०७७, आईतवार

    दुलेगाैडा : शुक्लागण्डकी नगरपालिकाको आयोजनामा भएको गण्डकी प्रदेश स्तरीय खुला अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले जितेको छ । आइतबार गाउँफर्कोदय मावि गणपती ढोरफिर्दीको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ लाई ३–१ को सेटमा पराजित गर्दै गल्कोटले उपाधि रक्षा गरेको हो ।

    पहिलो सेटमा शुक्लागण्डकीका खेलाडीले कमजोर प्रर्दशन गर्दा गल्कोटले २५–१६ को नतिजा प्राप्त गर्याे । घरेलु मैदानमा हजारौँ समर्थकको साथ पाएको शुक्लागण्डकीले दोस्रो सेट भने प्रतिष्पर्धात्मक तरिकाले २६–२४ स्कोरमा जित हासिल गर्याे। तेस्रो सेटमा २५–२१ र चौथो सेटमा २५–१६ स्कोर प्राप्त गर्दै गल्कोटले उपाधि कब्जा गर्न सफल भयो । गल्कोटले उपाधि सहित नगद एक लाख ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    दोस्रो स्थान हासिल गरेको शुक्लागण्डकी नगरपालिका ‘ए’का खेलाडी तथा प्रशिक्षक

    जनप्रतिनिधि निर्वाचित भएर आएपछि घरेलु मैदानमा पहिलो पटक भएको मेयर कपको उपाधि उचालेको हेर्ने चाहना गल्कोटका अनुभवी खेलाडीका सामु शुक्लागण्डकीका खेलाडी कमजोर हुँदा पूरा भएन। शुक्लागण्डकीले नगद एक लाख रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

    शुक्लागण्डकी ‘ए’ शनिबार भएको पहिलो सेमिफाइनलमा घिरिङ गाउँपालिकालाई हराउदै फाइनल यात्रा तय गरेको थियो । गल्कोटले कास्कीको मादी गाउँपालिकालाई हराउदै शुक्लागण्डकीसंगको उपाधि भिडन्त पक्का गरेको हो ।

    तेस्रो स्थान हासिल गर्न सफल कास्कीको मादी गाउँपालिकाको समुह

    सेमिफाइनलमा पराजित घिरिङ र मादीबिच तेस्रो स्थानका लागी भएको खेलमा मादीले सफलता हासिल ग¥यो । मादीले घिरिङलाई २५–२३, २७–२९, २५–२२ र २५–२० स्कोर प्राप्त गर्दै ४–१ को सेटमा पराजित गरेको छ । तेस्रो भएको मादीले नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । सान्त्वना घिरिङले २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

    सान्त्वना स्थान हासिल गर्न सफल तनहुँकोल घिरिङ गाउँपालिकाको समुह

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गल्कोटका विमल परियार घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए । बेष्ट स्पाईकर मादीका सफल विक, बेष्ट सेटर गल्कोटका मिन सुनार, बेष्ट ब्लकर शुक्लागण्डकी ‘ए’ का मिनबहादुर कुमाल, बेष्ट डिफेन्डर गल्कोटका रिजन राना र उदयमान खेलाडी शुक्लागण्डकी ‘ए’ का प्रदिप गुरुङ घोषित भए । उनीहरुले जनही पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।

    विजेता खेलाडीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, शुक्लागण्डकीका मेयर किसान गुरुङ, उपमेयर सविता रसाईली लगायतले पुरस्कृत गर्नुभयाे ।
    शुक्रबारदेखि शुरु प्रतियोगितामा तनहुँसंगै कास्की, स्याङजा, नवलपुर र बाग्लुङका १३ समुहले सहभागिता जनाएका थिए ।