म्याग्दे ब्याडमिन्टनको कपको उपाधि जिएस र थर्पुलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    म्याग्दे ब्याडमिन्टनको कपको उपाधि जिएस र थर्पुलाई

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०७७, आईतवार

    तनहुँ : थर्पु ब्याडमिन्टन क्लवले आयोजना गरेको प्रथम म्याग्दे ब्याडमिन्टन कपको उपाधि जिएस ब्याडमिन्टन क्लव शुक्लागण्डकीका खेलाडीले जितेका छन् । आइतबार भएको फाइनलमा व्यास ब्याडमिन्टन क्लवका खेलाडीलाई पराजित गर्दै जिएसका खेलाडी अमृत राना र तुलाराम थापा प्रथम हुनुभएको हो ।

    बी लेभलतर्फको प्रतियोगितामा व्यास ब्याडमिन्टन क्लवका गोविन्द श्रेष्ठ र धनबहादुर गुरुङ द्वितीय हुनुभएको छ । प्रतियोगितामा थर्पु ब्याडमिन्टन क्लवका कुशल थापा, सुबोध आले र जिएस क्लवका सुरज राम्जाली र क्षितिज पौडेल तृतीय हुनुभएको छ ।

    सी लेभलको प्रतिस्पर्धामा तीन वटै स्थान थर्पु ब्याडमिन्टन क्लबले जितेको छ । क्लवका रमेश श्रेष्ठ, स्पन्ध श्रेष्ठ, सुबोध आले, विष्णु नेपाली, दिपक श्रेष्ठ, विक्रम श्रेष्ठ, रेख श्रेष्ठ र विष्णु राना प्रथम, द्वितीय र तृतीय हुनुभएको थियो ।

    चैत १२ गतेदेखि शुरु प्रतियोगितामा बी लेभलतर्फ २१ र सि लेभलतर्फ ५३ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष कुशल थापाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई रु २२ हजार, द्वितीय हुनेलाई रु १५ हजार र तृतीय हुनेलाई रु पाँच हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ । विजेतालाई म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरेले पुरस्कार वितरण गर्नुभयो ।

    सो अवसरमा गाउँपालिकाका अध्यक्ष रानाले खेलकुदको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

    (नुक्त भुजेलकाे सहयाेगमा)