भीमादकी शान्ति कोठाभित्रै मृत अवस्थामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    भीमादकी शान्ति कोठाभित्रै मृत अवस्थामा

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०७७, सोमबार

    तनहुँ : तनहुँको भीमाद घर भई पोखरा बस्ने शान्तिमाया राना कोठाभित्रै मृत अवस्थामा मृत फेला परेकी छन् । पोखरा महानगरपालिका-८ सिर्जनाचोकस्थित रुद्रमाया गिरीको घरमा डेरा गरी बस्ने ६० वर्षीया राना मृत फेला परेको प्रहरीले जनाएको छ ।

    दुई/तीन दिन अगाडी देखि बाहिर ननिस्किए पछि झ्यालबाट हेर्दा भित्रबाट चुक्कुल लगाई कोठाको विस्तारामा झुल लगाई सुतेको अवस्थामा मृत फेला परेको प्रदेश प्रहरी कार्यालय पोखरामा प्रहरी उपरिक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।