बन्दीपुरमा राष्ट्रपति रनिङशिल्ड स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा राष्ट्रपति रनिङशिल्ड स्थगित

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०७७, बुधबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता स्थगित गरेको छ । चैत २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुन लागेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गाउँपालिकाले स्थगित गरेको हो ।

    सरकारले वायुप्रदूषणका कारण चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेसँगै प्रतियोगिताका लागि खेलाडी छनौट हुन नसकेकाले प्रतियोगिता स्थगित गरिएको गाउँपालिकाका शिक्षा अधिकृत विष्णु खत्री क्षेत्रीले बताउनुभयो । “वातावरणीय अवस्थालाई दृष्टिगत गरी सबै शिक्षण संस्थाहरु चैत २० गतेसम्म बन्द गर्ने निर्णय भएकाले विद्यालयको आन्तरिक तयारी र खेलाडी छनौट कार्य हुन सकेन,” उहाँले भन्नुभयो, “सोही कारण हाललाई प्रतियोगिता स्थगित गरिएको छ ।”

    May be an image of text